• आइतबार, साउन १० २०८३

गण्डकीमा थप ३६ जनामा संक्रमण पुष्टि


बुधबार, भाद्र १७ २०७७
855
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

काठमाडौं । गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ महिलासहित २३ जना कास्कीका रहेका छन् भने ४ महिलासहित ७ जना नवलपुरका, दुई महिला र दुईजना पुरुष गरी ४ जना लमजुङका र एक/एकजना महिला र पुरुष गरी दुईजना तनहुँका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीका संक्रमितमध्ये २० जना नेपाल प्रहरीमा कार्यरत र एकजना स्टाफनर्स भएको निर्देशनालयले जनाएको छ । लमजुङ सुन्दर बजारका एकजना पुरुष ‌ओमनबाट आएका हुन् भने अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार