• मंगलबार, साउन १२ २०८३

अष्ट्रेलियामा आर्थिक मन्दी, ७ प्रतिशतले गिरावट


बुधबार, भाद्र १७ २०७७
745
Shares

काठमाण्डौ – कोरोना भाइरसलको कारणले गर्दा अष्ट्रेलियाको तीन दशकको आर्थिक वृद्धिलाई रोकेको छ ।

सन् २०२० को दोस्रो तीन महिना अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थव्यवस्थामा सातप्रतिशतले गिरावट आएको छ ।

यस्तै पहिलो तीन महिनामा ० दशमलव ३ प्रतिशतले गिरावट आएको थियो ।

अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो । लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ ।

अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ । जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो ।

यो वर्षको सुरुवातमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार