तनहुँ । दमौलीकी एक युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
तनहुँको व्यास—२ दमौलीकी २० वर्षीया युवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसीयुमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा.सविन थपलियाले बताए ।
डा.थपलियाका अनुसार युवती बाथरोग र मिर्गौलाको रोगी समेत रहेकी र डायलासिस गराउँदै आएकी थिइन् ।
उनी १६ गते उक्त अस्पताल भर्ना भएकी थिइन् ।