• आइतबार, साउन १० २०८३

वीर अस्पतालको ओपिडी सेवा २ दिन बन्द


बुधबार, भाद्र १७ २०७७
745
Shares

काठमाडौं । वीर अस्पतालको ओपिडी सेवा २ दिनका लागि बन्द भएको छ ।

मंगलबार दिउँसो थप तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको बहिरंग सेवा ओपीडी बुधबार र बिहीबार का लागि बन्द गरिएको छ ।

वीर अस्पतालमा अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको छ । कन्ट्याक्ट टेसिङका लागि दुई दिन ओपिडी बन्द गर्ने निर्णय गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार