• मंगलबार, साउन १२ २०८३

ठूलठूला दुई अजिंगर जब अचानक घरभित्र खस्यो…


बुधबार, भाद्र १७ २०७७
2.2K
Shares


अस्ट्रेलियामा छानोबाट अचानक दुई ठूला अजिंगर घरभित्र खसेका छन्।

अस्ट्रेलियाको क्विन्स्ल्यान्डस्थित डेभिड टेटको घरको छानोबाट दुईवटा अजिंगर कोठाभित्र खसेका हुन्।

तीमध्ये एउटा सुत्ने कोठा र अर्को बैठक कक्षमा खसेको उनले बताएका छन्।

अजिंगर समात्ने व्यक्ति स्टिभन ब्राउनका अनुसार २.८ मिटर र २.५ मिटर लम्बाइका ती अजिंगरको कूल तौल २२ किलो थियो।

पोथीका लागि जुध्दै गर्दा ती दुई अजिंगर घरभित्र खसेको हुन सक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी अजिंगर फेला परेन।

घरधनी टेटले घर आउँदा भान्साको टेबलमा छानोको एउटा ठूलो भाग खसेको देखेपछि पल्टाएर हेर्दा ती अजिंगर फेला पारेका हुन्।

आफ्नो छतबाट ती सर्प खसेको कुरा घर पुगेपछि मात्रै थाहा पाएको उनले फेसबुकमा लेखेका छन्।

त्यसअघि आफूले आफ्नो घरको छानोमा सर्पहरू घाम तापिरहेको देखेको पनि ती घरधनीले बताएका छन्। बीबीसीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार