• मंगलबार, साउन १२ २०८३

एकै पटकमा एक महिलाले जन्माइन् ४ वटा बच्चा


बुधबार, भाद्र १७ २०७७
780
Shares


जीवनमा पहिलो पटक एक महिलाले एकै चोटीमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् ।

प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् । डा. सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु ’दुर्लभ’ घटना रहेको बताइन् ।

अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ । शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताए ।

शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिएको डा. सिंहले जानकारी दिए ।

यता एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी अरमानाको अवस्था गम्भीर छ । उनको फोक्सोमा पानी जमेर पलमनरी एडीमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा.सिंह बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार