• मंगलबार, साउन १२ २०८३

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


बुधबार, भाद्र १७ २०७७
715
Shares

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको संक्रमणको कारण मंगलबार साँझ मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले बताए ।

थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।

सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार