• मंगलबार, साउन १२ २०८३

ऐना पार्क नजिकै मर्स्याङ्दीमा गाडी खस्यो


बुधबार, भाद्र १७ २०७७
1.2K
Shares


मर्स्याङ्दी नदीमा गाडी खसेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरा नजिकैबाट गाडी मर्स्याङ्दी नदीमा खसेर पुरै पानीमा डुबेको दुर्घटनास्थलमा रहेको बादल थकालीले बताए ।

कति जना सवार थिए, कहाँबाट आएको हो, कुन गाडी खस्यो भन्ने बारे यकिन भने नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी पोखराबाट मुग्लिन तर्फ जाँदै गरेको हुन सक्ने अनुमान गरिएको छ । अहिले गोताखोरको टोली उद्धारको तयारीमा लागी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार