Novel coronavirus 2019 nCoV pcr diagnostics kit. This is RT-PCR kit to detect presence of 2019-nCoV or covid19 virus in clinical specimens. In vitro diagnostic test based on real-time PCR technology (Novel coronavirus 2019 nCoV pcr diagnostics kit. Th
गोरखा । कोराना संक्रमण देखिएका वडाहरुमा धमाधम स्वाब संकलन भइरहेको छ । संक्रमित सम्र्पकमा आएका हुनसक्ने व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ मार्फत पहिचान गरी स्वाब संकलन गरिएको गोरखा नगरपाकिलाका प्रमुख राजनराज पन्तले जानकारी दिए ।
मंगलबार पिसिआर परीक्षणका लागि वडा नम्बर ६ मा २५ जनाको नमूना संकलन गरिएकोे छ । ती मध्ये ९ महिला र १६ जना पुरुष रहेका छन् । यसैगरी वडा नम्बर १० छेवेटारमा ४६ जनाको स्वाब लिइएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए । ती मध्ये १७ महिला र २९ जना पूरुष रहेका छन् । पछिल्लो समय संक्रमितको संख्या बढेसँगै स्वाब परीक्षण पनि बढाइएको गोरखा नगरपालिकाले जनाएको छ ।
यसैवीच समुदाय स्तर कोरोना फैलिएको गोरखा नगरपालिका १३ देउरालीमा गरिएको कन्ट्याक्ट टे«सिङको रिर्पोट सार्वजानिक भएको छ । वडा अध्यक्ष हरि खनालका अनुसार गत बुधबार कन्ट्याक्ट ट्रेसिङ गरिएका ११३ जनाको रिर्पोट आएको हो । ती मध्ये हालसम्म १०१ जनाको रिर्पोट नगेटिभ र १२ जनाको पोजेटिभ आएको उनले बताए ।
उपचारका लागि चितवन पुगेका २ व्यक्तिमा कोरोना संक्रमण देखिएपछि देउरालीमा कन्ट्याक्ट टे«सिङ गरिएको थियो । पहिले देखिएका संक्रमित मध्ये १ जनाको मृत्यु भइसकेको छ । मृत्तकको परिवारका सदस्य, छरछिमेकी र आफन्तहरु समेत संक्रमति भएपछि त्यहाँ ठूलो संख्या कन्ट्याक्ट टे«सिङ गरिएको थियो । फेरी संक्रमति थपिएकाले दोश्रो चरणको कन्ट्याक्ट टे«सिङका लागि पनि आवश्यक तयारी भइरहेको बताइएको छ ।
सुत्केरी गराउन चितवन पुगेकी महिलामा पनि संक्रमण पुष्टि भएपछि छेवेटारमा कन्ट्याक्ट टे«सिङ गरिएको हो । गोरखा नगरपालिका ६ मा भने लम्जुङमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएको हुन सक्ने व्यक्तिहरुको पहिचान गरि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाइएको गोरखा नगरपालिकाले जनाएको छ ।
गोरखा नगरपालिकामा पछिल्लो समय मात्र २० जना भन्दा बढिमा कोरोना संक्रमण देखिइसकेको छ । केही समय अघि लक्ष्मीबजारमा पनि समुदाय स्तरमा फैलिएपछि कन्ट्याक्ट टे«सिङ गरि नियन्त्रणमा लिइएको थियो ।