पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा देशभर १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ३ सय ४४ र पुरुष ७ सय २५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।