• आइतबार, साउन १० २०८३

मंगलबार थपिए कोरोनाका १ हजार ६९ संक्रमित


मंगलबार, भाद्र १६ २०७७
680
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ६९ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ। हालसम्म संक्रमित हुनको संख्या ४० हजार ५ सय २९ रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

आज १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको उनले जनाकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

निको हुने दर ५५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार