• मंगलबार, साउन १२ २०८३

अनुमति पाए कक्षा १२ को परीक्षा दसैंअघि गराउने तयारी


मंगलबार, भाद्र १६ २०७७
710
Shares


बैशाख ८ गते देखि सञ्चालन हुने भनिएको कक्षा १२ को परिक्ष कोरोना भाइरसको कारणले स्थगित भएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड— १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो।

विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ।

सरकारले अनुमति दिएमा पूर्वसूचना दिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा १२ को परीक्षा नहुने प्रष्ट पारेका छन्।
परिस्थिति सहज भएमा परीक्षा केन्द्रमा विद्यार्थी राखेर पूरानै तरिकाबाट परीक्षा गर्ने होइन भनि अनलाइनबाट प्रश्नपत्र पठाएर पनि परीक्षा गर्न सक्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । नयाँ विकल्पबारे छलफल भइरहेको छ, बोर्ड निष्कर्षमा पुगिसकेको छैन।

स्थगित कक्षा ११ को परीक्षा भने विद्यालयबाटै सञ्चालन हुने गरी यसअघि बोर्डले अनुमति दिइसकेको छ।

स्थगित कक्षा १० को परीक्षा भने आन्तरिक मूल्यांकनबाट भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार