• मंगलबार, साउन १२ २०८३

अस्ट्रेलियामा समाचार सेयरिङमा प्रतिबन्ध लगाउँछौंः फेसबुक


मंगलबार, भाद्र १६ २०७७
710
Shares


फेसबुकले अस्ट्रेलियामा समाचार सेयरिङमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

फेसबुकले आफ्नो स्वामित्वमा रहेको इन्स्टाग्राममा पनि समाचार सेयरिङ प्रतिबन्ध गर्ने बताएको छ।

अस्ट्रेलियाले फेसबुक तथा गुगलजस्ता ठूला संजालहरुले अस्ट्रेलियन संचार माध्यमको समाचार सामाग्री राखेवापत रकम तिर्नुपर्ने विधेयक प्रस्ताव गरेको छ। यसबीचमा फेसबुकको पछिल्लो चेतावनी आएको हो।

फेसबुकले भनेको छ,‘यदी यस विधेयक कानूनमा परिणत भए, हामीले नचाहँदा नचाहँदै समाचार सेयरिङलाई प्रतिबन्ध गर्नुपर्ने हुन्छ। यो हाम्रो पहिलो र अन्तिम विकल्प हो।’

गुगलले यसअघि नै अस्ट्रेलियाले ल्याउन खोजेको कानूनको विरोध गरिसकेको छ। बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार