• आइतबार, साउन १० २०८३

नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेतामा देखियो कोरोना


मंगलबार, भाद्र १६ २०७७
905
Shares


नेपालमा पछिल्लो केही दिनदेखि कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।

नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा ओलम्पियन जितबहादुर केसी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

केसीका छोरा मदनकुमार केसीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

म्याराथन धावक जितबहादुुरले १९७३ मा फिलिपिन्समा भएको एशियाली ट्रयाक एन्ड फिल्ड इन्भेन्टस्मा स्वर्ण जितेका थिए । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको यो पहिलो पदक हो । उनले १९७२ मा म्युनिख ओलम्पिकमा समेत सहभागिता जनाएका थिए ।

खेलाडी जीवनबाट सन्यास लिएपछि उनले लामो समय प्रशिक्षणमा बिताए । कोरोना महामारी सुरु हुनअघिसम्म पनि उनी खेलकुदमा नै सक्रिय थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार