काठमाडौं । केन्द्रीय कारागारका चारजना कैदीको मृत्यु भएको छ। चारमध्ये एकजनाको मेगा अस्पतालमा मृत्यु भएको हो भने तीनजनाको वीर अस्पतालमा ज्यान गएको हो।
केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार मेगा अस्पतालमा सोमबार राति ज्यान गुमाएका कञ्चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको छ।
वीर अस्पतालमा मंगलबार मृत्यु भएका तीनजना कैदीको स्वाब संकलन गरिए पनि कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको बाँस्कोटाले बताए।
चारैजना विभिन्न रोगका कारण बिरामी भएकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।