• मंगलबार, साउन १२ २०८३

सबै क्वारेन्टाइन खाली


मंगलबार, भाद्र १६ २०७७
635
Shares

समुदायस्तरमानै कोरोना संक्रमणको महामारी फैलिरहँदा स्याङ्जामा सबै क्वारेन्टाइन खाली भएका छन् । भारत र तेस्रो मुलुकबाट जिल्लाबासी आएपछि राख्नका लागि ५२ वटा क्वारेन्टाइन स्थापना गरिएको थियो ।

स्याङ्जाका १० वटा पालिकामा१/१ वटा क्वारेन्टाइनस्थल छन् ।कोरोनाको सुुरुवातमा विद्यालयमा क्वारेन्टाइन बनाइएकोमा आउनेको संंख्या घटेसँगै पालिकाले सामुदायिक भवन तथा होटलमा क्वारेन्टाइन बनाएका छन् ।

भाटखोला, जिल्ला अस्पताल, कालिका अस्पताल, गल्याङ र चापाकोट अस्पतालको आइसोलेसन समेत खाली छन् ।

४ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षणमा ३ सय १० जना कोरोना पोजेटिभ देखिएकोमा ३ सय ३ जना निको भएर घर फर्केका छन् । कोरोनाका कारण २ जनाको निधन हुँदा वालिङमा ३ जना र करेन्डाँडामा २ जना आइसोलेसनमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार