• आइतबार, साउन १० २०८३

थप ११ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि


मंगलबार, भाद्र १६ २०७७
660
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

सुरक्षाकर्मीमा कोरोना संक्रमण बढिरहेको छ ।बुटवलको इलाका प्रहरी कार्यालयमा कार्यरत थप ११ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । योसंगै ईलाका प्रहरी कार्यालय बुटवलमा संक्रमित प्रहरीको संख्या १५ पुगेको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालय प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा ११ जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार