• मंगलबार, साउन १२ २०८३

कारागारमा चार कैदीको मृत्यु, एक जनामा संक्रमण पुष्टि


मंगलबार, भाद्र १६ २०७७
885
Shares

सुन्धाराको केन्द्रीय कारागारमा चार जना कैदीको ज्यान गएको छ।

एक जनाको सोमबार राति र तीन जनाको मंगलबार बिहान ज्यान गएको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

राजधानीको मेगा अस्पतालमा उपचारत एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाँकी तीन जनाको वीर अस्पतालमा ज्यान गएको हो भने रिपोर्ट आउन बाँकी रहेको बताए ।

कन्चनपुर घर भएका एक पुरुषको संक्रमणबाट ज्यान गएको हो।

ज्यान जाने अन्य तीनजना ६० वर्षीय, ६४ वर्षीय र ५८ वर्षीय पुरुषहरु बाहिरबाट ल्याइएका कैदी हुन्।

उपचारका लागि केन्द्रीय कारागारस्थित अस्पतालमा ल्याइएको थियो। केन्द्रीय कारागारमा मात्रै कोरोना संक्रमित कैदीको संख्या ५२ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार