• शनिबार, भाद्र २० २०८३

हतारमा खोप स्वीकृत नगर्नुहोस्ः डब्लूएचओको


मंगलबार, भाद्र १६ २०७७
800
Shares


विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध विभिन्न मुलुकले खोप तयार पारेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले हतारमा खोप स्वीकृत नगर्न सुझाव दिएको छ।

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोप जारीरहँदा विश्वका विकसित देशहरु कसले पहिलो कोरोना खोप बनाउने भन्ने होडबाजीमा लागेका छन्।

रुसले त तेस्रो चरणको परीक्षण नगरी नै देशमा खोप प्रयोगका लागि स्वीकृती प्रदान गरिसकेको छ।

यसबीचमा डब्लूएचओले पुरै परीक्षण पुरा गरेपछि मात्र खोप स्वीकृत गर्न सुझाव दिएको हो।

डब्लूएचओका वैज्ञानिक सोम्या स्वामीनाथनका अनुसार खोप स्वीकृत गर्ने विषयमा कुनैपनि देश गम्भीर हुनुपर्छ।

डब्लूएचओका अनुसार हाल विश्वभर ३३ वटा खोपको क्लिनिकल ट्रायल चलिरहेका छ। १ सय ४३ खोप भने प्रि–क्लिनिकल इभ्यालुएसन चरणमा भएको बताइएको छ।

डब्लूएचओले कोरोना तिव्र गतिम फैलिरहेको स्थानमा लकडाउन नहटाउन पनि सुझाव दिएको छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार