काठमाडौं । कोरोना संक्रमणको जोखिम रहिरहेकाले नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने/नगर्ने कुनै निर्णय भइनसकेको बताएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले दशैं आउन समय बाँकी रहेकाले नयाँ नोटका विषयमा अर्को महिनामात्रै निर्णय हुने बताए । बाहिर अनाधिकृत तरिकाले नयाँ नोट नबाँडिने भन्दै सूचना प्रवाह भएको भन्दै उनले त्यो गलत भएको बताए ।
राष्ट्र बैंकले दशैंका लागि भन्दै हरेक वर्ष नयाँ नोट वितरण गर्ने गरेको छ । गत वर्षदेखि भने राष्ट्र बैंकले दशैं बाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको थियो ।