• आइतबार, साउन १० २०८३

१४ दिनका नाबालकसहित गण्डकीमा थप ३९ जनामा संक्रमण पुष्टि


मंगलबार, भाद्र १६ २०७७
640
Shares


लमजुङका १४ दिनका नाबालकसहित गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार थपिएका संक्रमितका १४ दिनका नाबालकसहित २६ जना लमजुङका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। त्यस्तै नवलपरासी (सुस्तापूर्व)का १० जना, कास्कीका २ र बागलुङका १ जनामा पनि कोरोना पुष्टि भएको शर्माले जनाकारी दिए।

लमजुङका संक्रमितका जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एक कर्मचारी, ग्लोबल आईएमई बैंकमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर–७ का २८ वर्षीया एक महिला पत्रकार रहेको निर्देशक डा. शर्माले जनाकारी दिए। अन्य सबै संक्रमितहरु कन्टयाक्ट ट्रेसिङबाट पुष्टि भएका हुन्। त्यस्तै पोखराका २ मध्ये १ संक्रमित पर्यटन व्यवसायी भएको उनले जानकारी दिए।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २०५ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार