• बिहिबार, असोज १५ २०८३

पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन


सोमबार, भाद्र १५ २०७७
765
Shares

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ।

मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्।

‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरु सबैलाई धन्यवाद,’ ट्विटमा अभिजितले लेखेका छन्।

पछिल्लो समय मुखर्जी कोममा गएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार