मेलिना बराम, गोरखा । गोरखामा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
सोमबार अपरान्ह गोरखा नगरपालिका ६ र १३ का गरी दुई जनामा संक्रमण देखिएको हो । जसमा गोरखा नगरपालिका ६ स्थित गोरखा सदरमुकामको तिनधारे आसपासका ३१ बर्षिय युवकमा संक्रमण देखिएको बताइएको छ ।
इन्जिनियर पेशामा रहेका उनि केहि दिन अघि लमजुङबाट आएर होम क्वारेनटाइनमा बसेका थिए ।
लमजुङका साथीमा संक्रमण देखिएपछि स्वावको नमुना दिएका उनको सोमबार पोजेटिभ आएको हो ।
त्यस्तै संक्रमण हुनेका वडा नम्बर १३ को १२ बर्षिया बालिका समेत छिन । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको नमुना लिइ परिक्षण गराइएको थियो ।
यससंगै गोरखा नगरपालिकामा मात्रै सोमबार ४ जना संक्रमित थप भएका छन भने हिजो सोमबार १२ जनामा एकै पटक संक्रमण पुष्टि भएको थियो ।
सोमबार थप भएका ४ सहित गोरखा नगरपालिकामा संक्रमितको संख्या ३४ पुगेको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले सिभिलखबरलाई बताए । जसमा १७ जना निको भएर घर फर्किएका छन भने १७ जना सकृय संक्रमित छन ।