काठमाडौं । सोमबारदेखि राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पताल पुनः सञ्चालनमा आएको छ ।
सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार आजदेखि १०० बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्रीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जसअनुसार सोमबार कोभिड अस्पतालको जनशक्तिको रुपमा आएका डाक्टर तथा नर्सलाई वडाध्यक्ष रिजालले पुष्पगुच्छाले स्वागत गरे ।
कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई देशका विभिन्न स्थानमा दुर्व्यवहार भइरहेको घटना बाहिर आएको बेला स्वास्थ्यकर्मीको महत्त्व र आवश्यकता बुझाउन वडाले सम्मानका साथ स्वागत गरेको वडाध्यक्ष रिजालले बताए ।