• मंगलबार, साउन १२ २०८३

निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी साधनमाथि कारवाही


सोमबार, भाद्र १५ २०७७
1K
Shares


जारी निषेधाज्ञा उलंघन गरेकोमा ट्राफिक प्रहरीले पछिल्लो १२ दिनमा करिब १२ हजार सवारी साधनमाथी कारवाही गरेको छ ।

भदौ तीन गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार