• मंगलबार, साउन १२ २०८३

कोरोनाबाट आज थप ७ जनाको मृत्यु


सोमबार, भाद्र १५ २०७७
740
Shares

काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २ सय २८ पुगेको छ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए । मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए ।

आज देशभर थप ८ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले महिला ३०३ र पुरुष ५ सय ९६ जना गरी देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको उनले बताए ।

यसैगरी काठमाडौं उपत्यकमा थप २ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १ सय ९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १ सय २१ जना रहेका छन् । आज ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४ सय १० जना निको भएका छन् । आजमात्रै ५ सय ८८ जना कोरोनामुमक्त भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार