Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
भारतमा हालसम्मकै बढी संख्यामा कोरोना पुष्टि भएको छ। गएको २४ घण्टामा त्यहाँ ७८ हजार ५ सय १२ मा कोरोना देखिएको बताइएको छ।
आइतबार मात्र भारतमा ७८ हजार ४ सय ७२ मा कोरोना पुष्टि भएको थियो।यहाँ दैनिक संक्रमित तिव्र रुपमा बढिरहेका छन्।
गएको २४ घण्टामा भारतमा ९ सय ७१ को मृत्यु भएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार ४ सय ६९ पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म भारतमा ३६ लाख २१ हजार २ सय ४६ मा कोरोना पुष्टि भइसकेको छ।
संक्रमितमध्ये २७ लाख २४ हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी