कोरोना संक्रमणको जोखिम बालबालिकामा पनि उच्च देखिएको छ ।
प्रदेश ५ मा कोरोना संक्रमित बालबालिकाको संख्या १ हजार १ सय ८ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकमा प्युठानमा सबैभन्दा बढी बालबालिकामा संक्रमित छन् ।
प्युठानमा ४ सय ३३ जना बालबालिकामा कोरोना संक्रमणमा देखिएको हो ।
दाङमा १ सय ७७ र बर्दियामा एक सय ५६ बालबालिका संक्रमित भएका छन् । गुल्मीमा ८४, रुपन्देहीमा ७२, कपिलवस्तुमा ५८, बाँकेमा ५२ एवं पाल्पा र अर्घाखाँचीमा २५÷२५ जना बालबालिका संक्रमित छन् ।
यस्तै, नवलपरासी पश्चिममा १४, रुकुम पूर्वमा ९ र रोल्पाका ३ जना संक्रमित छन् ।
संक्रमणमा परेका बालबालिकामध्ये ९२ बालबालिका उपचारको क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।