• मंगलबार, साउन १२ २०८३

ठुलो परिमाणमा लागुऔषध गाँजा भेटियो


सोमबार, भाद्र १५ २०७७
750
Shares


नेपाली नम्बरको कारमा गएराति बारामा सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।

बाराको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा चेक जाँच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १ सय ८० केजी गाँजा सहित प्रदेश नम्बर ३—०२२ च ८१३४ नम्वरको डटसन कार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १ सय ८० केजी गाँजा र गाडीसहित नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरी प्रमुख एसपी रबिनराज कर्णजितले बताए ।

गाजासहित गाडी सीमा नाका भारत तिर लगिरहेको अवस्थामा प्रहरीलाइ देखेपछि गाडी छोडेर गाजा तस्करहरु भागेको प्रहरीको दाबी छ । बरामद गरेको उक्त गाडी र गाजा जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको सशस्त्र प्रहरी बेशक्याम्प कोल्हबीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार