• आइतबार, साउन १० २०८३

गण्डकीमा थप २० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार १ सय ५७ पुग्यो


सोमबार, भाद्र १५ २०७७
730
Shares


सोमबार दिउँसो २ बजेसम्ममा गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान र दिउँसो गरेर २ पटक प्रेस विज्ञप्ति जारी गर्दै २० जना थपिएको जानकारी दिएको छ ।

लमजुङका ९, गोरखाका ४, नवलपुरका ३, कास्कीका ३ र तनहुँका १ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा १२ पुरुष र ८ जना महिला छन् ।

आज थपिएकासहित गण्डकीमा कोरोना संक्रमितको संख्या २१ सय ५७ पुगेको छ । तीमध्ये १६ सय ९३ जना निको भएका छन् भने १३ संक्रमितको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार