मेलिना बराम, गोरखा । गोरखामा सोमबार दुई जनामा कोरोना देखिएको छ ।
आइबतार एकैदिन १२ जनामा कोरोना देखिएको गोरखा नगरपालिकामै आजपनि दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरवण न्यौपानेले बताए ।
सोमबार देखिएका दुवै जना केहिदिन अघि चितवन गएर फर्केकाहरु रहेका बताइएको छ ।
संक्रमण देखिनेमा गोरखा नगरपालिका १२ का ४६ बर्षिय पुरुष छन् । उनि केहिदिन अघि कामको सिलसिलमा चितवन गएर फर्केपनि होम क्वारेनटाइनमा बसेका थिए ।
तर नगरपालिकाले शंकास्पद भन्दै उनको स्वावको नमुना संकलन गरी परिक्षणका लागि पोखरा पठाएको थियो । रिपोर्ट सामेबार पोजेटिभ आएपछि गोरखा क्याम्पसको आइसोलेसनमा ल्यइएको बताइएको छ ।
त्यस्तै अर्का संक्रमित गोरखा नगरपालिका १३ का रहेका छन । ४० बर्षका ति पुरुष समेत केहिदिन अघि चितवनबाट फर्केर मनकामना बहिरा आवासिय विद्यालयको क्वारेनटाइनमा बस्दै आएका थिए ।