• मंगलबार, साउन १२ २०८३

सुरु भयो ‘कमेडी च्याम्पियन सिजन २’को अडिसन


सोमबार, भाद्र १५ २०७७
775
Shares

काठमाडौं –कोरोनाको कहरमा पनि ‘कमेडी च्याम्पियन सिजन २’को अडिसन सुरु भएको छ ।

कोरोना महामारीका कारण आयोजकले यस पटक डिजिटल अडिसन खुल्ला गरेको हो । अडिसन आगामि असोज १४ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा सहभागीताका लागि प्रतियोगीले कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपलोड गर्नु पर्ने हुन्छ ।

यसरी अपलोड भएको भिडियो मध्येबाट कमेडी च्याम्पियनले उत्कृष्ट छानेर रियालिटी सोमा भाग लिने अवसर दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा यो पटक पनि निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै रहेका छन् ।

होष्टको जिम्मा भने अभिनेत्री रीमा विश्वकर्मालाई दिएको छ । यो पटकबाट कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार