Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
काठमाडौं उपत्यकामा कोरोना भयावह बन्दै गएको छ । उपत्यकामा पछिल्लो १४ दिनमा मात्रै ३४ सयभन्दा बढी संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार भदौ १ देखि १४ गतेसम्म उपत्यकामा मात्रै थप ३ हजार ४ सय २० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार यी १४ दिन थपिएका संक्रमितको विवरण यस्तो छ–
भदौ १ गते— १६८
भदौ २ गते— २०५
भदौ ३ गते— १५९
भदौ ४ गते— २००
भदौ ५ गते— १८२
भदौ ६ गते— २१६
भदौ ७ गते— १५६
भदौ ८ गते— २२४
भदौ ९ गते— २३२
भदौ १० गते— ३०१
भदौ ११ गते— ३७७
भदौ १२ गते— ४१५
भदौ १३ गते— १८६
भदौ १४ गते— ४२९