• मंगलबार, साउन १२ २०८३

६ किलो गाँजासहित दुई युवक पक्राउ


सोमबार, भाद्र १५ २०७७
665
Shares

Modern metal handcuffs. Vector illustration in flat style


कास्की प्रहरीले ६ किलो गाँजासहित पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी १२ घर भई पोखरा १७ विरौटा बस्ने २३ वर्षीय संजोक विक र पोखरा १७ का २० वर्षीय शिलास विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनीहरुको साथबाट ६ केजी १ सय ग्राम गाँजा, तौल लिने मेसिन र ग९प ६०२८ नम्बरको पल्सल मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

जिल्लाको सहयोगमा प्रहरी चौकी भरतपोखरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार