http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुन प्रतितोला तीन सयको दरले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ रहेको छ ।
यसअघि आइतबार सुनको मूल्य ९७ हजार २०० रुपैयााँ रहेको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ रहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि समान्य वृद्धि भएको छ । आइतबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भएको हो ।