जुनसुकै बैंकको एटिएम अन्य बैंकमा निःशुल्क प्रयोग गर्न पाउने भएको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
जुनसुकै बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा प्रयोगकर्तासँग कुनै शुल्क लिन नपाइने उक्त निर्देशिकामा उल्लेख छ ।
यसअघि लकडाउनको समयमा अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरिए पनि लकडाउन खुलेसँगै बैंकले पुनः शुल्क लिन थालेका थिए ।
यसअघि बैंकअनुसार एउटाको डेबिट कार्ड अर्कोको एटिममा घुसारेर पैसा निकाल्दा बैंक हेरी ५० रूपैयाँसम्म शुल्क लाग्थ्यो ।