चितवन ।आज फेरी चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान ७ बजेर २० मिनेटमा मृत्यु अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।
ती पुरुषलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा. पौडेलले बताए ।