• मंगलबार, साउन १२ २०८३

पोखरामा ९ वर्षीया बालिका बलात्कृत


सोमबार, भाद्र १५ २०७७
750
Shares

बलात्कार जस्ता जघन्य अपराध समाजमा बढिरहेको छ । पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

आफ्नै छिमकेकी पुरुषले यस्तो अपराध गरेको बालिकाका अभिभावकले कास्की प्रहरीमा उजुरी दिएका छन् ।

यो घटना भदौ ११ गते भएको हो भने प्रहरी श्रोतका अनुसार अभियुक्तलाई हिजोआईतबार राति स्याङ्जाबाट गिरफ्तार गरेर पोखरा ल्याएको छ ।

घटना बारे बालिकाको परिवारका सदस्यलाई थाहा भएको सुइको पाएपछि अभियुक्त फरार भएकाले कास्की प्रहरीले घटना गुपचुप राखेर उनको खोजी गरिराखेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार