• आइतबार, साउन १० २०८३

गोरखामा थपिए दुई संक्रमित


सोमबार, भाद्र १५ २०७७
645
Shares

गोरखा । गोरखामा सोमबार फेरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा नगरपालिका १३ को देउरालीका ३२ र ३६ बर्षिया महिलामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

बिहान ९ बजे १५ मिनेटमा विज्ञप्ती जारी गर्दै स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले गोरखाका दुई जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन ।

उनिहरु दुवैको भरतपुर अस्पतालमा पिसिआर परिक्षण गरिएको बताइएको छ । हिजो आइतबार मात्रै गोरखा नगरपालिका १३ का १० सहित वडा नम्बर ८ र १० का एक एक जनामा संक्रमण देखिएको थियो ।

यससंगै सोमबार बिहान गण्डकी प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । जसमा पोखराका ३ जना, बेशीशहरका १ र तनहुँको भानुका १ रहेको शर्माले बताए ।

हेर्नुस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार