• मंगलबार, साउन १२ २०८३

कतारमा नयाँ कानून : काम छाड्न स्वीकृति नचाहिने, न्यूनतम ज्याला समेत तोकियाे


सोमबार, भाद्र १५ २०७७
640
Shares

Doha, DOH, Qatar – November 3, 2014: The Night Skyline of residential and office buildings of the West Bay District in Doha, photographed from across the bay

दाेहा । कतारले आफ्नाे श्रम बजारमा भेदभावरहित ज्याला प्रणालीकाे सुरुवात गरेकाे घाेषणा गर्दै सबैखाले कर्मचारी तथा कामदारका लागि न्यूनतम ज्याला तोकेको छ।

त्यसैगरी कर्मचारीले काम परिवर्तन गर्न चाहे रोजगारगाताबाट नो–अब्जेक्सन सर्टिफिकेट (स्वीकृति प्रमाणपत्र) चाहिने व्यवस्था पनि खारेज गरेकाे  छ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले लिएको यो निर्णयलाई रोजगारदाता र कामदार दुवैको हितको रक्षाका लागि लिइएको ठूलो कदमको रुपमा व्याख्या गरिएको छ।

नयाँ कानुनअनुसार घरेलु कामदारलगायत नीजि क्षेत्रका कामदारले अब प्रतिमहिना न्यूनतम एक हजार कतारी रियल (३२ हजार रुपैयाँ) आधारभूत तलबकाे रुपमा पाउने गल्फ टाइम्सले जनाएको छ।

करिब पाँच लाख नेपाली कामदार रहेको कतारमा लागु भएको नयाँ व्यवस्थाबाट त्यहाँ कार्यरत् नेपालीहरु लाभान्वित् हुनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार