• मंगलबार, साउन १२ २०८३

नगरपालिकासहित सबै वडाको सेवा बन्द


सोमबार, भाद्र १५ २०७७
915
Shares

गोरखा । गोरखा नगरपालिकाले पाँच वटा वडा सिल गरेको छ ।

आइतबार एकै दिन नगरक्षेत्रका बिभिन्न वडाका गरी १२ जनामा कोरोना भाइरस देखिएसंगै नगरपालिकाले वडा नम्बर १०, ११, १२, १३ र १४ लाई सिल गरेको हो ।

आइतबार साँझ नगरप्रमुख राजनराज पन्तले एक विज्ञप्ती जारी गर्दै नगरपालिकाको कार्यालयसहित १४ वटै वडाको सेवा समेत अनिश्चित कालका लागि बन्द हुने बताएका हुन् ।

पन्तले जारी गरेको विज्ञप्तीमा सम्पूर्ण नगरवासीलाई सचेत भई सुरक्षितपूर्वक घरमै बस्न र नआत्तिन आग्रह समेत गरिएको छ ।

पिसिआर परिक्षण र कन्ट्याक्ट ट्रसिङको दायरा फराकिलो बनाएको र यसअघि संकलन गरिएका नमुनाको रिपोर्ट नआएसम्मका लागि कार्यालय तथा वडा कार्यालयहरुबाट दिइदै आएको सम्पूर्ण सेवा रोक्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार