गोरखा । गोरखा नगरपालिकाले पाँच वटा वडा सिल गरेको छ ।
आइतबार एकै दिन नगरक्षेत्रका बिभिन्न वडाका गरी १२ जनामा कोरोना भाइरस देखिएसंगै नगरपालिकाले वडा नम्बर १०, ११, १२, १३ र १४ लाई सिल गरेको हो ।
आइतबार साँझ नगरप्रमुख राजनराज पन्तले एक विज्ञप्ती जारी गर्दै नगरपालिकाको कार्यालयसहित १४ वटै वडाको सेवा समेत अनिश्चित कालका लागि बन्द हुने बताएका छन ।
पन्तले जारी गरेको विज्ञप्तीमा सम्पूर्ण नगरवासीलाई सचेत भई सुरक्षितपूर्वक घरमै बस्न र नआत्तिन आग्रह समेत गरिएको छ ।
