• आइतबार, साउन १० २०८३

आज एकै दिन थपिए गोरखा नगरपालिकामा १२ जना संक्रमित


आइतबार, भाद्र १४ २०७७
1.1K
Shares

गोरखा । गोरखा नगरपालिकामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार गोरखा नगरपालिका ८, १० र १३ मा गरी १२ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले सिभिलखबरलाई बताए ।

गोरखा नगरपालिका १३ देउरालीमा एकै गाउँका १० जनामा संक्रमण देखिएको छ । जसमा ३ महिला र ७ पुरुष रहेका छन ।

केहिदिनअघि सोही वडाका एक जनाको संक्रमणकै कारण चितवनमा ज्यान गएको थियो । सोहीका आधारमा गरिएको कन्ट्याक्ट कन्ट्याक्ट ट्रसिङमा थप १० जनामा संक्रमण पुष्टि भएको रेग्मीले बताए ।

त्यस्तै गोरखा नगरपालिका १० छेवेटार र ८ को रानीबनका एक एक जना पुरुषमा समेत संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार