• आइतबार, साउन १० २०८३

कारागारका ३५ कैदीमा देखियो संक्रमण


आइतबार, भाद्र १४ २०७७
735
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

सुन्धाराको केन्द्रीय कारागारमा रहेका ३५ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३५ जनामा कोरोना संक्रमण देखिएको जेलर लक्ष्मी बाँस्कोटाले बताए।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तीन दिनअघि स्वाब लिएर गएको थियो। बाँस्कोटाका अनुसार ६५ जनाको स्वाब लिइएकोमध्ये ३५ जनामा पोजेटिभ आएको हो।

संक्रमितहरूलाई स्वास्थ्यकर्मीले जाँच गरिरहेका छन्। लक्षणयुक्त संक्रमितलाई अस्पताल र लक्षण नभएकालाई आइसोलेसन पठाउने तयारी भइरहेको बाँस्कोटाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार