पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका ४ सय २९ जना संक्रमित भएको बताए।
उनका अनुसार उपत्यकामा थपिएका संक्रमितका काठमाडौँका ३ सय ७२ ललितपुरका १२ र भक्तपुरका ४५ रहेको छन्।