• मंगलबार, साउन १२ २०८३

कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु


आइतबार, भाद्र १४ २०७७
675
Shares

काठमाडौं । आज नेपालमा थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४ सय २९ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको मन्त्रालयले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार