चितवन । आज फेरी चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं.१० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको आइतबार मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।