• बिहिबार, असोज १५ २०८३

सरकारले घटायो पीसीआर परीक्षणको शुल्क


आइतबार, भाद्र १४ २०७७
895
Shares


कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने पीसीआरको शुल्क सरकारले घटाएको छ।

आज आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले कोरोना परीक्षणको शुल्क घटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

उनले मूल्य कति घटाइएको हो भन्नेबारे नियमित प्रेस व्रिफिङमै औपचारिक जानकारी दिने मात्र बताए।

मन्त्रालयकै अर्का एक उच्च अधिकारीका अनुसार अब पीसीआर बिधिबाट गरिने परीक्षणका लागि अधिकतम रुपैयाँ ४ हजार ४ सय तोकिएको जानकारी दिए।

यसअघि सोका लागि ५ हजार ५ सय तोकिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार