गोरखा । गोरखामा दुईसाता लामो निषेधाज्ञा सोमबारदेखि केहि खुकुलाे बनाइने भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र, कमाण्ड पोष्ट तथा सरोकारवालाहरुको बैठकले गत भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञा लाई खुकुलाे बनाउने निर्णय भएकाे हाे ।
तर जिल्लाभित्र निषेधाज्ञा केहि खुकुलाे बनाइएपनि जिल्लाभित्रिने नाकामा भने कडाइ गरिने भएकाे छ । त्यस्तै सार्वजनिक यातायात नचल्ने तर निजी कामका लागि निजी सवारी साधन भने खुल्ने भएकाे छ ।