• मंगलबार, साउन १२ २०८३

नक्कली लाइसेन्स बनाउने तीन आरोपी पक्राउ


आइतबार, भाद्र १४ २०७७
1.3K
Shares


कास्की प्रहरीले सरकारी छाप किर्ते गरी ड्राइभिङ लाइसेन्स बनाउने तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला अदालत कास्कीले २०७५ वैशाखमै दोषी गरे पनि हालसम्म फरार थिए । जिल्ला अदालतले उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिकाका ३७ वर्षीय निर्दोष गिरी, कास्की पोखरा महानगरपालिकाका २४ वर्षीय ऋषिराम गिरी र कास्की पोखरा महानगरपालिकाकै २२ वर्षीय असिम भण्डारी रहेको प्रहरीले जनाएको छ ।

निर्दोष गिरी पोखरा महानगरपालिका–१४ चाउथे, ऋषिराम गिरी पोखरा महानगरपालिका–२६ विजयपुर र असिम भण्डारी पोखरा महानगरपालिका–२ हरिचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

पक्राउ परेका तीनै जनालाई उच्च अदालत पोखरामा पेस गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार